मेटमणिले प्रचण्डलाई सान्त्वना दिँदा देउवा मुस्कुराए, खड्काले छुटाए हाँसोको फोहरा « Khabarhub

मेटमणिले प्रचण्डलाई सान्त्वना दिँदा देउवा मुस्कुराए, खड्काले छुटाए हाँसोको फोहरा


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई परिस्थिति जस्तो भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोषी नदेख्न सुझाएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा उनले प्रचण्डलाई कांग्रेस सभापति देउवासँगको सम्बन्ध  सन्तुलनमा राखिरहन सुझाएका हुन् ।

‘परिस्थिति जस्तो भए पनि कांग्रेस सभापतिलाई तपाईं कत्ति पनि दोषी नदेख्नुहोला,’ सांसद चौधरीले भने, ‘उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला ।’

उनले आजका मितिदेखि चार महिनामै राजनीतिक परिस्थिति प्रचण्डको अनुकूलमा आइपुग्ने पनि जिकिर गरे ।

‘चार महिनामै परिस्थिति अनुकूल भइ त हाल्छ । हन्ड्रेड पर्सेन्ट,’ चौधरीले भने, ‘केबल चार महिना आजको दिन, आजको मितिदेखि गनेरै बसौँ । चार महिनामा परिस्थिति तपाईंकै अनुकूल र पक्षमा हुन्छ ।’

एकीकृत समाजवादीका सांसद चौधरीले यसो भनिरहँदा संसद्‍मा रहेका कांग्रेस सभापति देउवा मुसुमुसु हाँसिरहेका थिए। उता कांग्रेस उपसभापति पूर्णबहादुर खड्का हाँसोको फोहरा नै छुटाइरहेका थिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ५६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि