सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो : अशोककुमार राई « Khabarhub

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो : अशोककुमार राई


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोककुमार राईले सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले विश्वास र अविश्वासको मत सामान्य र संसदीय अभ्यास रहेको बताएका हुन् ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्ने जानकारी गराए । ‘जसपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अहिले विश्वास अविश्वासमा र अविश्वास विश्वासमा छिटो छिटो परिणत हुने गरेको छ’, उनले भने, ‘विश्वास र अविश्वासबाट मुलुकको राजनीति गुज्रिरहेका बेला सरकार बदलिने कुरा संसदीय अभ्यास हो, यसबाट कोही विचलित हुनुपर्दैन ।’

सांसद राईले नेपाली कांग्रेस र नेकपा (एमाले) ले मुलुकको हितका लागि सहमति गरेको विश्वासका आधारमा समीकरणलाई समर्थन गरेको बताए । ‘संविधान संशोधन गर्नुपर्छ, अझै अग्रगामी किसिमले अगाडि लानुपर्छ, दुई ठूला दलसँग संविधान संशोधनका सवालमा छलफल गर्न तयार छौँ’, उनले भने ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ३९ बजे

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा

युद्धको तनाव र जलवायु संकट बढ्दै जाँदा ब्रिक्सको मञ्चबाट मोदीले भने, ‘एउटा ठाउँको संकटले सबैलाई छुन्छ’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र