देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल « Khabarhub

देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने राजनीतिक दलले देश र जनताको समस्या समाधान नभई सत्ताका लागि मात्र समीकरण हुन उचित नरहेको बताएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले जनता र देशको हित विपरीत संसद्मा बहुमत पुगे पनि जनताले स्वीकार नगर्नेसमेत बताए ।

सांसद सुवालले संसद् हाजिर गर्ने र बोल्ने थलो मात्रै बनेको तर सर्वसाधारणको समस्या सम्बोधन गर्न ध्यान नदिइएको जिकिर गरे । ‘सरकार अस्थिर हुनुका कारण देश र जनताको समस्या समाधान हुन सक्दैन । अनियमितताका घटना र प्रतिवेदन आए पनि दोषीलाई कारबाही हुन सकेको छैन, भ्रष्टाचार बढ्नु चिन्ताको विषय हो’, उनले भने, ‘नेपालसँगको सिमानामा भारतीय अतिक्रमणको समस्या समाधान हुन नसक्नु अर्को चिन्ताको विषय हो । शिक्षालाई उत्पादनशील बनाउन सकिएको छैन । हाम्रो ध्यान सरकार बनाउने र विघटनमा मात्र गइरहेको छ ।’

भ्रष्टाचार नरोकिनु, सहकारी ठगी तथा सुन तस्करलाई कारबाही नगर्नु र आयात प्रतिस्थापन नगर्नु दुःखद भएको भन्दै सुवालले आगामी सरकारले यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ४९ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका