केपी ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेश | Khabarhub Khabarhub

केपी ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेश


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले दाबी पेश गरेका हुन् ।

ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरे ।

राष्ट्रिपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर आज नै आव्हान गरेका थिए ।

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्  ।

नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरणमा सहमति बनेसँगै प्रचण्डले संविधानको धारा १०० को उपधारा–२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए ।

प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल भए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित सांसद २५८ जना थिए । प्रचण्डले मागेको विश्वासको मतको पक्षमा ६३ मत र हुन्न भन्ने पक्षमा १९४ मत परेको थियो । भने मत दिन्न भन्ने पक्षमा १ मत थियो ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ४७ बजे

प्रचण्डले भने- सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ

अमरगढी– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

‘हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा रहिआएका छन्’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य

सुदूरपश्चिममा प्रचण्डकाे ‘हेड्याक’ : दलको नेतामा १६ महिनापछि खगराजकाे ‘कमब्याक’

धनगढी– नेकपा माओवादी केन्द्रका कार्यकर्ताले प्रचण्डलाई सुप्रिमो भन्छन् अर्थात् सुप्रिम

ढकमक्क ज्याकाराण्डा, तस्बिर खिच्नेको ताँती (तस्बिरहरू)

काठमाडौं– उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रंगको बनेको छ ।

बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत छन्, समितिको नेतृत्व मात्रै हेरफेर

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रवक्तामा नवीन मानन्धर यथावत रहेको जनाएको छ