कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध « Khabarhub

कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको हो ।

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडककोबीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ ।

असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो ।

सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ ।

करिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेलले बताए ।

करिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् ।

बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : २० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल