उत्तरी भियतनाममा पहिरोमा पुरिएर ७ जनाको मृत्यु « Khabarhub

उत्तरी भियतनाममा पहिरोमा पुरिएर ७ जनाको मृत्यु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिँदा सात जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

 हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान बिहान ४ बजे पहिरोमा परेको हो । 

उत्तरी भियतनाममा वर्षाको मौसम प्रवेश गरेसँगै भारी वर्षा र बाढी पहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ ।  उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन् ।  

भ्यानमा सवार अन्य छ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको बताइएको छ । उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन्
। 

राज्य सञ्चार माध्यमले प्रसारण गरेको तस्बिर र भिडियोहरूले एम्बुलेन्स र सयौँ उद्धारकर्मीहरू घटनास्थलमा खटिएका देखिइएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १२ : २२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन