सर्पको टोकाईबाट एक महिलाको मृत्यु « Khabarhub

सर्पको टोकाईबाट एक महिलाको मृत्यु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी बस्ने ३० वर्षीय रोशिना खातुनको मृत्यु भएको हो। 

चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए। 

खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीबेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो। 

जानकारी पाएलगदै जोवहा सैनिक गण परिसरमा रहेको जयकाली शर्पदंश उपचार केन्द्रमा पुर्‍याएपनि त्यहाँ उपचार सम्भव नभएको बताए।  लगतै कर्जन्हा पुर्‍याएपनि उनको उपचार हुन सकेन। 

खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ। उनी चोहर्वामा बसेर बिडी बनाउने काम गर्दै आएका थिए।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १ : ४२ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल