दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित « Khabarhub

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग १९ रनले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले निर्णायक भूमिका खेले। उनले ३६ बलमा अविजित ५१ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। इसान पाण्डेले ३१ बलमा ३७ रन जोड्दा ब्रान्डन म्याकमलेनले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २२ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो।

पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए। उनले २५ बलमा अविजित रहँदै टोलीको स्कोर उकासेका थिए। मेहेदी हसनले २१ बलमा ४ चौका र १ छक्कासहित ३२ रन बनाए। कप्तान कुशल मल्लले १७ बलमा २१ रनको योगदान दिए।

पोखरालाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा सुदूरपश्चिमका अनिल खरेलले उत्कृष्ट बलिङ गरे। उनले ३ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेन र हेमन्त धामीले समान १ विकेट हात पारे।

यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो खातामा पहिलो जित जोडेको छ। पोखराका लागि भने यो संस्करणको पहिलो खेलमै हार व्यहोर्नुपरेको छ।

प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दा दोस्रो खेलमा विराटनगर किङ्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ८ : ३१ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल