कटानबाट जोगाउन बरुवा नदीमा अस्थायी बाँध निर्माण | Khabarhub Khabarhub

कटानबाट जोगाउन बरुवा नदीमा अस्थायी बाँध निर्माण


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

गाईघाट– वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित बरुवा नदीमा आएको बाढीले बरुवा बाँधलाई क्षति  पुर्‍याएको छ ।  यसबाट गाईघाट बजार क्षेत्रमा कटानको जोखिम बढेपछि अस्थायी बाँध निर्माण सुरु भएको छ ।

त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा कटान रोक्न बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको जनाएको छ । 

स्थानीयवासी सहित तीनवटै सुरक्षा निकायको सहकार्यमा बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताए । झण्डै तीनसय मिटर लम्बाई र दश मिटर चौडाइको भित्रपट्टिको भूभाग बरुवा नदीले कटान गरेको थियो।

ढुंगा, बोरामा बालुवा भर्ने र बोरामा बालुवा र ढुंगा राखेर तार जालीले बाँधेर अस्थायी तटबन्धन निर्माण गरिएको हो । त्रियुगा नगरपालिकाको वडा नम्बर ११, १२ र १० का दुई हजार घरपरिवारसहित गाईघाट क्षेत्रमा बाढीको डुबान र कटानको जोखिम अन्त्य भएको बताइएको छ । 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ३ : २४ बजे

मुस्ताङमा चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङ– घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ

सबैले आत्म-समीक्षा नगरे इतिहासले कसैलाई क्षमा गर्दैन : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले देश इतिहासकै सबैभन्दा

बालबालिकामा कुपोषण दर उच्च

कञ्चनपुर– भीमदत्त नगरपालिका– १८ जानकी टोलका पूजा शाही १३ महिनाको

शान्ता चौधरीको अचार आउटलेटमा आगजनी : कारबाहीका लागि प्रहरीलाई अनुरोध

काठमाडौं – नेकपा (एमाले) नेतृ शान्ता चौधरीको अचारको आउटलेटमा आगजनी

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण उपलब्ध गराउन आग्रह

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी