मुलुकलाई स्थायित्व दिन एमाले कांग्रेस मिल्नुपरेको हो : आनन्द पोखरेल « Khabarhub

मुलुकलाई स्थायित्व दिन एमाले कांग्रेस मिल्नुपरेको हो : आनन्द पोखरेल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का नेता आनन्द पोखरेलले मुलुकलाई स्थायित्व दिनको लागि पनि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लागेको बताएका छन् ।

शनिबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले धेरै दल भएको कारण मुलुकमा राजनीतिक अस्थिरता भएको टिप्पणी गर्दै मुलुकलाई स्थायित्व दिनको लागि ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका हुन् ।

दुई दलबीच भएको सहमति शुक्रबारबाटै कार्यान्वयन सुरु भैसकेकोले अब बाँकी सहमतिका बुँदाहरू पनि विस्तारै कार्यान्वयन हुने बताए ।

कांग्रेस र एमालेबीच चौथो पटक संयुक्त सरकार बन्न लागेको भन्दै जनता र नागरिक समाजमा देखिएको आशंका हटाउनेगरि अब बन्ने सरकारले काम गर्ने उनले बताए ।

यस्तै उनले आफूहरूले कांग्रेस र माओवादीको गठबन्धन तोड्नको लागि नीति नै बनाएको र त्यसमा दुई पटक सफल भएको जिकिर गरे ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : ५१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले