त्रिशुलीमा बससँगै बेपत्ता भएकाहरूको खोजी कार्य भोलिसम्मका लागि स्थगित | Khabarhub Khabarhub

त्रिशुलीमा बससँगै बेपत्ता भएकाहरूको खोजी कार्य भोलिसम्मका लागि स्थगित


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपपालिका-२९ सिमलतालस्थित त्रिशूलीमा नदीमा आज बिहान यात्रुसहित बेपत्ता दुई बसको खोजी कार्य आजका लागि स्थगित भएको छ। 

रात परेपछि आजलाई खोजी कार्य स्थगित गरिएको हो। भोलि बिहानबाट खोजी कार्य पुनः सुरु गरिने बताइएको छ।

शनिबार सिमलतमलदेखि ४०-५० किलोमिटरको दूरीस्थित नारायणी किनारमा तीनवटा शव भेटिएका छन् । तर दुर्घटनास्थलमा अझै पनि दुवै बस र यात्रुलाई भेट्न सकिएको छैन ।

 शुक्रबार बिहान ३ बजेतिर वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश-०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३-००१ ख २४९५ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा बेपत्ता भएका थिए।

त्रिशूलीमा खसेका थप दुई यात्रुको शव नारायणी नदीमा भेटियो

त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ८ : ०१ बजे

गण्डकी प्रदेशका १० सहकारीमा ४ अर्ब बचत हिनामिना

काठमाडौं– गण्डकी प्रदेशका १० वटा सहकारी संस्थामा करिब ४ अर्ब

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

‘स्विङ स्टेट’मा ट्रम्पको पकड, नर्थ क्यारोलिनामा जिते

वासिङ्टन- अमेरिकाका सातवटा ‘स्विङ स्टेट’मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पकड

प्रि ओपन सेसन : दुई अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६

पाँच राज्यमा जित्दै ह्यारिसले ट्रम्पलाई निर्णायक अग्रताबाट रोकिन्

वासिङ्टन- कमला ह्यारिसले एकपछि अर्को तीन राज्यमा जित हासिल गरेकी