२० वर्षीय युवकले हानेका थिए चुनावी र्‍यालीमा ट्रम्पलाई गोली « Khabarhub

२० वर्षीय युवकले हानेका थिए चुनावी र्‍यालीमा ट्रम्पलाई गोली


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० वर्षीय युवकले गोली हानेको खुलेको छ ।

थोमस मथ्यु क्रुक्स नामका २० वर्षीय युवकले आइतबार आयोजित चुनावी र्‍यालीका क्रममा ट्रम्पलाई गोली हानेको पुष्टि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले गरेको छ ।

बीबीसीका अनुसार चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका ट्रम्पलाई गोली हान्ने ती युवकको नाम एफबीआईले सार्वजनिक गरेको हो ।

एफबीआईले ती युवकको पहिचानका लागि डीएनए र बायोमेट्रिक्स परीक्षण गरिएको थियो ।

एफबीआईका अनुसार क्रुक्स पेन्सिल्भेनियाको बेथेल पार्कका बासिन्दा थिए । उनी आफ्नो निवासबाट ७० किलोमिटर टाढा भएको चुनावी र्‍यालीमा पुगेर ट्रम्पमाथि गोली हानेका थिए ।

पेन्सिलभेनियामा चुनाव प्रचारका क्रममा हानिएको गोली ट्रम्पको कानलाई छुँदै गएको थियो । गोलीले कान र नजिकको भागमा लागेपछि ट्रम्प रक्ताम्य भएका थिए । गोली लागेलगत्तै अस्पताल लगिएका ट्रम्प अहिले सुरक्षित छन् ।

एफबीआईले यस प्रकरणमा जाँच चलिरहेको बताएको छ । यो प्रकरणमा ती युवकलाई सघाउने तथा अन्य संलग्न भएकोबारे खोजी भइरहेको एफबीआईले जनाएको छ ।

ट्र्म्पमाथ गोली चलाइएपछि पुलिस र एफबीआईको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा घटनाको विस्तृत विवरण दिइएको छ ।

एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले घटनाबारे विस्तृतमा बताएका छन् । उनले यस घटनालाई ज्यानै लिने कोशिशमा रुपमा हेरिएको बताएका छन् ।

‘आज साँझ हाम्रा पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको हत्या प्रयास गरिएको छ’, उनले भने । पुलिसले पनि ट्रम्पमाथि गोली चलाउने सुटरको पहिचान भइसकेको जनाएको छ।

पुलिसले गोली चलाइएको उक्त घटनामा एकजना पुरुषको ज्यान गएको छ भने अन्य दुईजना घाइते छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : २८ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिर)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न