२० वर्षीय युवकले हानेका थिए चुनावी र्‍यालीमा ट्रम्पलाई गोली « Khabarhub

२० वर्षीय युवकले हानेका थिए चुनावी र्‍यालीमा ट्रम्पलाई गोली


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० वर्षीय युवकले गोली हानेको खुलेको छ ।

थोमस मथ्यु क्रुक्स नामका २० वर्षीय युवकले आइतबार आयोजित चुनावी र्‍यालीका क्रममा ट्रम्पलाई गोली हानेको पुष्टि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले गरेको छ ।

बीबीसीका अनुसार चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका ट्रम्पलाई गोली हान्ने ती युवकको नाम एफबीआईले सार्वजनिक गरेको हो ।

एफबीआईले ती युवकको पहिचानका लागि डीएनए र बायोमेट्रिक्स परीक्षण गरिएको थियो ।

एफबीआईका अनुसार क्रुक्स पेन्सिल्भेनियाको बेथेल पार्कका बासिन्दा थिए । उनी आफ्नो निवासबाट ७० किलोमिटर टाढा भएको चुनावी र्‍यालीमा पुगेर ट्रम्पमाथि गोली हानेका थिए ।

पेन्सिलभेनियामा चुनाव प्रचारका क्रममा हानिएको गोली ट्रम्पको कानलाई छुँदै गएको थियो । गोलीले कान र नजिकको भागमा लागेपछि ट्रम्प रक्ताम्य भएका थिए । गोली लागेलगत्तै अस्पताल लगिएका ट्रम्प अहिले सुरक्षित छन् ।

एफबीआईले यस प्रकरणमा जाँच चलिरहेको बताएको छ । यो प्रकरणमा ती युवकलाई सघाउने तथा अन्य संलग्न भएकोबारे खोजी भइरहेको एफबीआईले जनाएको छ ।

ट्र्म्पमाथ गोली चलाइएपछि पुलिस र एफबीआईको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा घटनाको विस्तृत विवरण दिइएको छ ।

एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले घटनाबारे विस्तृतमा बताएका छन् । उनले यस घटनालाई ज्यानै लिने कोशिशमा रुपमा हेरिएको बताएका छन् ।

‘आज साँझ हाम्रा पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको हत्या प्रयास गरिएको छ’, उनले भने । पुलिसले पनि ट्रम्पमाथि गोली चलाउने सुटरको पहिचान भइसकेको जनाएको छ।

पुलिसले गोली चलाइएको उक्त घटनामा एकजना पुरुषको ज्यान गएको छ भने अन्य दुईजना घाइते छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : २८ बजे

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा