पाकिस्तानमा डीएसपी नै लागूपदार्थ तस्करीमा संलग्न, ४५ जनामाथि कारवाही सुरु « Khabarhub

पाकिस्तानमा डीएसपी नै लागूपदार्थ तस्करीमा संलग्न, ४५ जनामाथि कारवाही सुरु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा प्रहरी नै लागूपदार्थको तस्करीमा संलग्न रहेको पाइएको छ । पाकिस्तानको पञ्जाब प्रान्तका ४५ प्रहरी लागूपदार्थ तस्करीमा संलग्न रहेको आरोपमा प्रान्तीय प्रहरी मुख्यालयले कारवाही अघि बढाएको छ ।

प्रहरी प्रमुखको निर्देशनमा प्रान्तका विभिन्न प्रहरी कार्यालयमा प्रहरीमाथि कारवाही चलाउन पत्र पठाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने ट्रिब्युन अखबारका अनुसार उनीहरूमाथि कस्तो कारवाही भयो भन्नेबारे स्पष्ट जवाफ पठाउन पनि प्रहरी कार्यालयहरूलाई मुख्यालयले निर्देशन दिएको छ ।

कारवाहीमा पर्नेमा हवल्दारदेखि डीएसपीसम्म परेका छन् । प्रहरीका अनुसार उनीहरूमाथि विभागीय सोधपुछ सुरु भइसकेको छ ।

लागूऔषध तस्करी गर्ने प्रहरीमाथि कारवाही गर्ने जिम्मेवारी दिएर केही वरिष्ठ प्रहरी अधिकारीहरूलाई नियुक्त पनि गरिएको छ ।

पछिल्लो समय पाकिस्तानमा लागूऔषध तस्करी तथा दुर्व्यसनको समस्या बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : ३६ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन कुन सडक बन्द छन् ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व