रविको दाबी – निर्मला पन्तका हत्याराको अत्यन्त नजिक पुगिसकेका छौँ « Khabarhub

रविको दाबी – निर्मला पन्तका हत्याराको अत्यन्त नजिक पुगिसकेका छौँ


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आइतबारदेखि बिदा भएका छन् ।

दोस्रो कार्यकाल करिब ४ महिना गृहमन्त्रालय सम्हालेर बिदा हुने क्रममा उनले कञ्चनपुरको उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा अभियुक्त नजिक पुगेको दाबी गरेका छन् ।

उनले बलात्कारपछि मारिएकी निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा अत्यन्त नजिक पुगेको बताएका हुन् ।

आफूलाई बारम्बार उक्त घटनाबारेमा प्रश्न सोधिए पनि रिजल्ट आएपछि भन्ने भनेर बसेको उनले बताए ।

‘निर्मला पन्तको विषयमा अत्यन्त नजिक पुगेका छौँ हामी । एकदमै नजिक’, उनले भने, ‘बारम्बार मलाई सोधियो, मैले कहिले पनि भनिनँ । किनकी रिजल्ट आएपछि भनौँला भनेर । हामी कति नजिक छौँ, सुरक्षा निकायलाई थाहा छ ।’

बलात्कारपछि भएको निर्मलाको हत्याकाण्ड नेपालकै एक बदनाम हत्याकाण्डमध्ये एक हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।

वि.सं. २०७५ साउन १० गते कञ्चनपुरको महेन्द्रनगरस्थित उल्टाखाममै साथीको घरबाट हराएकी उनको शव भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : २८ बजे

बाल संरक्षणसम्बन्धी नीति, तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घरदैलोमा पुर्‍याउन सुरू

काठमाडौं- नेपाल सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप