ललित स्मृति यु-१८ युथ लिगको विजेताले १ लाख पाउने « Khabarhub

ललित स्मृति यु-१८ युथ लिगको विजेताले १ लाख पाउने


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललित स्मृति एन्फा यु–१८ युथ लिगको फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी)ले चर्च बोइज युनाइटेडलाइ पराजित गर्‍यो । खेलमा एनआरटीले चर्च बोइज युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा सुरुआती अग्रता भने चर्च बोइजले लिएको थियो ।

३६औँ मिनेटमा अमनबहादुर तामाङले गोल गरेका थिए । तर, विज्ञानले ५५ र ८०औँ मिनेटमा गोल गर्दै एनआरटीलाई पुनरागमन जित दिलाए । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु प्रतियोगितामा १२ क्लब सहभागी छन् ।

लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ५ : २३ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई