टिकट नभएका दर्शक हटाउन कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट सारियो « Khabarhub

टिकट नभएका दर्शक हटाउन कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट सारियो


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि कोपा अमेरिकाको फाइनल फेरि १५ मिनेट पछाडि सारिएको छ। यसअघि आधा घण्टा सारिएको थियो।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय दुई पटकसम्म सारिएको हो। कोलम्यिाका दर्शकको ओइरो लागेपछि खेल सारिएको हो।

यसअघि फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५ः४५ मा हुने तालिका थियो। कोपाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दैछन्।

अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। यो टोली अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो।

अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई धेरै फुटबल प्रेमीले रोचक संयोगका रुपमा व्याख्या गर्दै आएका छन्।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ३४ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय