‘के घर के डेरा’को सिक्वेलमा दोहोरिएलान् त कलाकार ? « Khabarhub

‘के घर के डेरा’को सिक्वेलमा दोहोरिएलान् त कलाकार ?


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘के घर के डेरा’को दोस्रो शृङ्खला ‘घर नम्बर दुई’ मा नायकका रुपमा खगेन्द्र लामिछानेको प्रवेश भएको छ । केही दिन अघि मात्रै उनी फिल्ममा अनुबन्ध भएका हुन् ।

खगेन्द्र अघिल्लो शृङ्खलामा थिएनन् । निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार पहिलो शृङ्खलाका कलाकार यसमा दोहोरिने सम्भावना न्यून छ । उनी भन्छन्, ‘यो कथा नै फरक हो । पहिलाका कलाकारहरू दोहोरिने सम्भावना कम छ ।’

यद्यपि मुख्य कलाकारको चयनको काम अझै पूरा नभएको उनको भनाइ छ । खनाल भन्छन्, ‘हामी अन्तिम चरणमा छौँ । कलाकार एकदुई दिनमा फाइनल गर्छौँ ।’ अहिले यो फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको बुझिएको छ ।

‘के घर के डेरा’ मा नायक विपिन कार्की, दयाहाङ राई, नायिका वर्षा राउत र सुरक्षा पन्त मुख्य भूमिकामा थिए । यसको कथा सिंघे लामा र पटकथा महेश दवाडीको थियो ।

‘घर नम्बर दुई’मा बुद्धिसागरको लेखन रहने बताइएको छ । साउन २५ बाट छायाँङ्कनका लागि निस्कने तयारीमा निर्देशक खनाल रहेका छन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा युवराज कार्कीले लगानी रहने छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : ३३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र