कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई « Khabarhub

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

१११ मिनेटमा मार्टिनेजले गरे गोल


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले उचालेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो ।

निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन्।

अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो ।

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि यो सँगै १६ पटक उचालेको छ । अर्जेन्टिना साविक विजेता हो । कोलम्बिया भने पहिलो पटक उपाधि उचाल्न चुकेको छ । २८ खेलमा लगातार अपराजित कोलम्बियालाई अर्जेन्टिनाले स्तब्ध पारेको हो ।

कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको थियो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो ।

अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई एउटा रोचक संयोगका रुपमा व्याख्या गरिएको थियो।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ९ : ४९ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका