ट्राफिक प्रहरीद्वारा बागलुङमा एक करोड बीस लाख राजस्व संकलन  | Khabarhub Khabarhub

ट्राफिक प्रहरीद्वारा बागलुङमा एक करोड बीस लाख राजस्व संकलन 


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा संकलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व संकलन बढ्दो क्रममा छ ।

आव २०७८-७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व संकलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार संकलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जिप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय प्रमुख सुमन निउरेका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्रयाक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन् । 

एक वर्षमा जिल्लामा १६ वटा दुर्घटना भएको निउरेले जानकारी दिए । एक बस, आठ जीप तथा कार, ट्रयाक्टर, टेम्पो एक-एक, मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए । एक वर्षमा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । गत वर्ष २४ सवारिसाधन दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । 

ट्राफिक प्रमुख निउरेले दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाइका साथ पालना गराउँदा यसवर्ष दुर्घटना कम भएको बताए। 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : ०८ बजे

झिनो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब बढी 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ

रसियाको स्पष्टीकरण- अमेरिकी चुनावमा हस्तक्षेप गरेको छैन

मस्को- अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी

जंगली हात्ती गाउँ पसेपछि स्थानीय त्रसित, धान र केराखेती नष्ट

चन्द्रपर – जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछी स्थानीय

यी मुख्य ६ कारण, जसले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए ट्रम्प

काठमाडौं- अमेरिकामा राष्ट्रपतिको कुर्सी दोस्रो पटक डोनाल्ड ट्रम्पको हातमा पुगेको

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

काठमाडौं– स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले