पोखरामा सुन्तला बगैँचा व्यवस्थापनबापत किसानलाई अनुदान « Khabarhub

पोखरामा सुन्तला बगैँचा व्यवस्थापनबापत किसानलाई अनुदान


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत २५ लाख अनुदान उपलब्ध गराएको छ ।

सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो ।

महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम एक सय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान वितरण गरेको उनले जानकारी दिए।

अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्रांगारिक मल अनिवार्य हाल्न ५०, बोडो पेष्ट गरेबापत ४०, बोडो मिक्सचर स्प्रेबापत ३० र बोटको वरपर बाक्लो छापो लगाएबापत ३० गरी एक सय ५० प्रदान गरिएको हो ।

किसानबाट प्राप्त निवेदनका आधारमा मापदण्ड निर्धारण बनाइ उक्त मापदण्ड पूरा गरे नगरेको महानगरपालिकाको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी अनुदान वितरण गरिएको कडरियाले जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले उत्पादनमा जोड दिँदै किसानलाई अनुदानमार्फत सहयोग गर्दै आएको जानकारी दिए।

सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१-०८२ मा महानगरपालिकाले ७० प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने जनाएको छ ।  

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  २ : ३६ बजे

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक