स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मा लैजाने उद्योगमन्त्री भण्डारीको निर्णय « Khabarhub

स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मा लैजाने उद्योगमन्त्री भण्डारीको निर्णय


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गरेका छन् ।

सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए । 

मन्त्री भण्डारीले उद्योग मन्त्रालयले प्रदान गर्ने सेवा र यस क्षेत्रको विकासका लागि नेतृत्व तहबाट आफूले सम्पूर्ण सहयोग गर्ने भन्दै कर्मचारीलाई दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

यसअघिको सरकारमा पनि उहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थिए। भण्डारी योसहित चारपटक मन्त्री बनेका हुन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : ३६ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा