एसिया कपको अभ्यासमा महिला क्रिकेट टिम : पहिलो प्रतिस्पर्धा यूएईसँग « Khabarhub

एसिया कपको अभ्यासमा महिला क्रिकेट टिम : पहिलो प्रतिस्पर्धा यूएईसँग


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय महिला टिम अभ्यासमा व्यस्त छ।

साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोली अभ्यासमा व्यस्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा छनोट भएको हो।

प्रतियोगितामा आठ टोलीको सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ।

महिला एसिया कप टोलीको नेतृत्व क्यानले इन्दु बर्मालाई दिएको छ। बर्मा कप्तान रहेको टोलीमा अनुभवी खेलाडी एवम् पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

अभ्यासमा दुई हार
श्रीलंकामा भएको अभ्यास खेलमा नेपालले दुई खेलमा पराजय भोगेको छ। पहिलो खेलमा श्रीलंका डेभलपमेन्टसँग ३३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा चार विकेटले स्तब्ध भएको हो। पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको श्रीलंका डेभलपमेन्टले आठ विकेटको क्षतिमा ११८ रन बनाएको थियो। पानी परेपछि १५ ओभरमा झारिएको खेलमा नेपालले ९६ रनको लक्ष्य पाएको थियो। नेपाल पूरै १५ ओभर खेल्दै ९ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सक्यो।

दोस्रो अभ्यास खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०६ रन बनाएको थियो। १०७ रनको चुनौती श्रीलंका डेभलपमेन्टले एक बल बाँकी हुँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालको प्रतिस्पर्धा भारत, पाकिस्तान र यूएईसँग
नेपालले प्रतियोगितामा पहिलो खेल साउन ४ गते यूएईसँग खेल्नेछ। यो खेल श्रीलंकाको डम्बुलामा हुनेछ। नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ।


नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ६ : १२ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र