पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’ « Khabarhub

पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चुरे गाउँपालिका-४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । 

गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउन बाध्य भएकाले सहायतास्वरूप त्रिपाल र सोलार प्यानल प्रदान गरिएको बताए।

 उनले भने, ‘उनीहरूका आवश्यकताअनुसार सोलार प्यानल र त्रिपाल प्रदान गरिएको हो ।’ सबडिभिजन वन कार्यालयले वृक्षरोपण र तारबार गर्ने भन्दै पहिरोपीडित परिवारलाई बिचल्लीमा पारेको आरोप उनले लगाए । 

यसैगरी, चुरे गाउँपालिका–५ खानीडाँडास्थित भीमदत्त राजमार्ग सडक किनारमा आश्रय लिइरहेका १५ परिवारलाई खाद्यान्न, त्रिपाल र सोलार प्यानल वितरण गरिएको  छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : ०१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट