जम्मु-कश्मिरमा भिडन्त, क्याप्टेनसहित ५ जना भारतीय सैनिक मारिए | Khabarhub Khabarhub

जम्मु-कश्मिरमा भिडन्त, क्याप्टेनसहित ५ जना भारतीय सैनिक मारिए


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.8k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- जम्मु-कश्मिरमा पछिल्लो १० दिनमा ११ जना भारतीय सैनिक मारिएका छन् । मंगलबार मात्रै डोडास्थित डेसा जंगलमा भएको भिडन्तमा क्याप्टेनसहित ५ भारतीय सैनिक मारिएका हुन् ।

सेनाका जवानले चरमपन्थीहरूलाई जंगलमा घेरेर राखेको अवस्थामा भिडन्त भएको हो । चरमपन्थीहरूले आफूलाई बचाउन गोली चलाउँदा सेनातर्फ हताहती भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसक्रममा भारतीय सेनाका जवानले पनि जवाफी फायरिङ गरेका थिए । उक्त भिडन्तका क्रममा एकजना क्याप्टेनसहित ५ जना सेना गोली लागेर मारिएका हुन् । घाइते सबैलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा क्याप्टेनसहित ५ जनाले ज्यान गुमाए ।

ज्यान गुमाउनेहरूमा भारतीय सेनाका क्याप्टेन ब्रिजेश थापा, नायक डी राजेश तथा सिंपाहीहरू विजेन्द्र र अजय रहेका छन् ।

अहिले पनि उक्त जंगल इलाकामा सेनाले सर्च अपरेशन चलाइरहेको छ । सेनालाई जंगलमा चरमपन्थीहरू लुकिरहेको सूचना मिलेको थियो । सेनाले उनीहरूलाई ड्रोन र हेलिकोप्टरमार्फत खोजिरहेको छ ।

डोडाको डेसा जंगल इलाकामा भारतीय सेनाको युनिट राष्ट्रिय राइफल्सले जम्मु-कश्मिर पुलिसक स्पेशल अपरेशन ग्रुपसँग मिलेर खोजी अभियान चलाएको थियो ।

सोमबार साँझ ७ बजेदेखि राष्ट्रिय राइफल्स र एसओजीका जवान जंगलमा पसेर कारबाही थालेका थिए । सेनालाई त्यहाँ चरमपन्थी लुकेको सूचना आएको थियो ।

राति ९ बजे आसपास भएको भिडन्तमा भारतीय सेनातर्फ हताहती भएको हो । जंगलमा सेनाका जवान र चरमपन्थीबीच भिडन्त सुरु भएको थियो । यसक्रममा चरमपन्थीले धराप लगाएर सेनाका जवानमाथि गोली बर्साएका थिए । त्यसक्रममा गोली लागेका ५ भारतीय सैनिक मारिएका हुन् ।

डोडा इन्काउन्टरमा सेनाका जवानको ज्यान लिएको घटनाको जिम्मा चरमपन्थी संगठन कश्मिर टाइगर्सले लिएको छ ।

‘कश्मिर टाइगर्स’ले विज्ञप्ति निकालेर भारतीय जवानले ‘मुजाहिद्दिन’को खोजी अभियान थालेपछि जवाफी कारबाही गरेको जनाएको छ ।

यसअघि ८ जुलाईमा जम्मु-कश्मिरकै कठुआको बदनोटा इलाकामा सेनाको गस्ती टोलीमाथि हमला हुँदा ५ जना मारिएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : २२ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको