जम्मु-कश्मिरमा भिडन्त, क्याप्टेनसहित ५ जना भारतीय सैनिक मारिए « Khabarhub

जम्मु-कश्मिरमा भिडन्त, क्याप्टेनसहित ५ जना भारतीय सैनिक मारिए


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.8k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- जम्मु-कश्मिरमा पछिल्लो १० दिनमा ११ जना भारतीय सैनिक मारिएका छन् । मंगलबार मात्रै डोडास्थित डेसा जंगलमा भएको भिडन्तमा क्याप्टेनसहित ५ भारतीय सैनिक मारिएका हुन् ।

सेनाका जवानले चरमपन्थीहरूलाई जंगलमा घेरेर राखेको अवस्थामा भिडन्त भएको हो । चरमपन्थीहरूले आफूलाई बचाउन गोली चलाउँदा सेनातर्फ हताहती भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसक्रममा भारतीय सेनाका जवानले पनि जवाफी फायरिङ गरेका थिए । उक्त भिडन्तका क्रममा एकजना क्याप्टेनसहित ५ जना सेना गोली लागेर मारिएका हुन् । घाइते सबैलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा क्याप्टेनसहित ५ जनाले ज्यान गुमाए ।

ज्यान गुमाउनेहरूमा भारतीय सेनाका क्याप्टेन ब्रिजेश थापा, नायक डी राजेश तथा सिंपाहीहरू विजेन्द्र र अजय रहेका छन् ।

अहिले पनि उक्त जंगल इलाकामा सेनाले सर्च अपरेशन चलाइरहेको छ । सेनालाई जंगलमा चरमपन्थीहरू लुकिरहेको सूचना मिलेको थियो । सेनाले उनीहरूलाई ड्रोन र हेलिकोप्टरमार्फत खोजिरहेको छ ।

डोडाको डेसा जंगल इलाकामा भारतीय सेनाको युनिट राष्ट्रिय राइफल्सले जम्मु-कश्मिर पुलिसक स्पेशल अपरेशन ग्रुपसँग मिलेर खोजी अभियान चलाएको थियो ।

सोमबार साँझ ७ बजेदेखि राष्ट्रिय राइफल्स र एसओजीका जवान जंगलमा पसेर कारबाही थालेका थिए । सेनालाई त्यहाँ चरमपन्थी लुकेको सूचना आएको थियो ।

राति ९ बजे आसपास भएको भिडन्तमा भारतीय सेनातर्फ हताहती भएको हो । जंगलमा सेनाका जवान र चरमपन्थीबीच भिडन्त सुरु भएको थियो । यसक्रममा चरमपन्थीले धराप लगाएर सेनाका जवानमाथि गोली बर्साएका थिए । त्यसक्रममा गोली लागेका ५ भारतीय सैनिक मारिएका हुन् ।

डोडा इन्काउन्टरमा सेनाका जवानको ज्यान लिएको घटनाको जिम्मा चरमपन्थी संगठन कश्मिर टाइगर्सले लिएको छ ।

‘कश्मिर टाइगर्स’ले विज्ञप्ति निकालेर भारतीय जवानले ‘मुजाहिद्दिन’को खोजी अभियान थालेपछि जवाफी कारबाही गरेको जनाएको छ ।

यसअघि ८ जुलाईमा जम्मु-कश्मिरकै कठुआको बदनोटा इलाकामा सेनाको गस्ती टोलीमाथि हमला हुँदा ५ जना मारिएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १ : २२ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत