सबै प्रदेशमा हृदय केन्द्र स्थापनाका लागि पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल « Khabarhub

सबै प्रदेशमा हृदय केन्द्र स्थापनाका लागि पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँच सय शय्यामा विस्तार गर्ने गुरु योजना रहेको बताएका छन् ।

स्वास्थ्यमन्त्रीमा नियुक्त भए लगत्तै केन्द्रको अनुगमनमा पुगेका पौडेलले अस्पतालका कार्यकारी निर्देशक तथा कर्मचारीहरुसँगको छलफलका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री पौडेलले अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने समेत बताए ।

यस्तै उनले अन्य ७ वटा प्रदेशमा समेत हृदय केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद पौडेल पहिलो पटक सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएका हुन् ।

 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  २ : २१ बजे

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

महिला गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई

कास्की – पोखरामा सञ्चालन भएको पहिलो संस्करणको महिला गोल्डकप फुटबल