भेटघाटमा सक्रिय भारतीय राजदूत, उपप्रधानमन्त्री सिंहपछि परराष्ट्रमन्त्री राणासँग संवाद « Khabarhub

भेटघाटमा सक्रिय भारतीय राजदूत, उपप्रधानमन्त्री सिंहपछि परराष्ट्रमन्त्री राणासँग संवाद


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव भेटघाटमा सक्रिय भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले पूर्णता पाएलगत्तै उनले मंगलबार दुईजना मन्त्रीलाई भेटे ।

सुरुमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरेका उनले त्यसपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि संवाद गरेका छन् ।

मन्त्री देउवालाई भेट्न राजदूत श्रीवास्तवको टोली सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको थियो ।

भेटमा राजदूत श्रीवास्तवले मन्त्री देउवालाई सफल कार्यकालको शुभकामनासँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ हुने विश्वास दिलाए ।

मन्त्री देउवालाई पदभार ग्रहण गरेकै दिन सोमबार नै भारतीय विदेशमन्त्री डा. एश. जयशंकरले बधाई दिइसकेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  २ : २४ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर