अस्ट्रेलियाद्वारा चीनमाथि साइबर आक्रमणको आरोप « Khabarhub

अस्ट्रेलियाद्वारा चीनमाथि साइबर आक्रमणको आरोप


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियाले चीनमाथि साइबर आक्रमणको आरोप लगाएको छ ।

अस्ट्रेलियाको रक्षा मन्त्रालय र विदेश मन्त्रालयले चीनमाथि आफ्नो मुलुकको कम्युटर सञ्जाललाई लक्षित गरी साइबर हमला गरेको आरोप लगाएका हुन् ।

उक्त हमलामा एपीटी ४० नामक समूह र चीनको राज्य सुरक्षा मन्त्रालयको संलग्नता रहेको अस्ट्रेलियन पक्षको भनाइ छ ।

त्यसअघि छिमेकी न्यूजिल्याण्डले पनि संसदीय कार्यालयमा भएको साइबर आक्रमणमा उक्त ह्याकर समूहको हात रहेको आरोप लगाएको थियो ।

मुलुकको सूचना निर्देशनालायले गरेको सूक्ष्म अध्ययनका आधारमा साइबर हमलामा एटीपी ४० समूहको संलग्नता रहेको निष्कर्ष निकालिएको अस्ट्रेलियाको सिड्नीबाट प्रकाशित हुँदै आएको सिड्नी मर्निङ हेराल्ड अखबारले जनाएको छ ।

आफ्ना नागरिक तथा व्यवसायिक संस्थाका साइबरस्पेसको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको त्यहाँका रक्षामन्त्री रिचर्ड मार्लेसले जनाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ०६ बजे

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा