भदौ दोस्रो साता मै विद्युतीय बस : भाडा सस्तो, सुविधासम्पन्न | Khabarhub Khabarhub

भदौ दोस्रो साता मै विद्युतीय बस : भाडा सस्तो, सुविधासम्पन्न



काठमाडौं- पछिल्लो समय सार्वजनिक यातायातमा यात्रा गर्दा दिनँहुजसो यात्रुहरु चोरको शिकार बन्न पुगेका छन् । सुरक्षित तवरले गन्तव्यमा पुग्न सकिन्छ कि सकिदैँन भन्ने त्रासमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

सार्वजनिक यातायातबाटै धेरैको पकेटमा राखेको पैसा, मोवाइल फोन, गरगहना लगायतका सामान हराउन थालेपछि यात्रुहरुको बाध्यताले त्रासपूर्ण यात्रा गरिरहेका छन् ।

तर, भदौको दोस्रो साताबाट राजधानीमा गुड्ने तयारीमा रहेका विद्युतीय बसमा यात्रुले त्यस्तो कुनै त्रास भोग्नुपर्ने छैन । किनकी ‘एउटै बसमा ७ वटा सिसि टिभि क्यामेरा जडान भएका छन् ।’

सुन्दर यातायात प्रालिले राजधानीमा पहिलोपटक सुविधासम्पन्न विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको छ । राजधानीलाई सुन्दर बनाउनकै लागि विद्युतीय बस सञ्चालन गर्न थालिएको प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार ती बसहरु चिनियाँ कम्पनी ‘सिचुवान गुअहङ अटो मोवाइल्स्’ ले निर्माण गरेका हुन् । त्यसको ब्रान्ड नाम ‘बिएके’ राखिएको छ ।

कम्पनीले ११ करोड ३४ लाख लागानीमा ७ वटा विजुली बस खरिद गरेको छ । जसअनुसार १ करोड ६२ लाख रुपैयाँ प्रति बसको मूल्य परेको र १० लाख बराबरको चार्जिङ मेशिन निशुल्क दिएको कम्पनीले जनाएको छ ।

सञ्चालनमा आउन लागेका बसहरु विकसित मुलुकको जस्तै सुविधासम्पन्न हुने थापाले बताए । उनी भन्छन्, ‘हामीले ल्याएका बस विकसित मुलुकमा चलिरहेका छन्, नेपालमा भने पहिलो पटक हो, राम्रोसँग चल्न सक्छन्’ ।

विकसित मुलुकमा गुडिरहेका यी विद्युतीय बस काठमाडौंको सडकमा टिक्लान् त भन्ने प्रश्नमा थापा भन्छन्, ‘चीन नेपाल दुवै देशका प्राविधिक टोलीले सडकको अध्ययन गरेरै यी बस निर्माण गरिएका हुन् । त्यसैले बस सहज रुपमा चल्नेमा हामी विश्वस्त छौं ।’

उनका अनुसार नेपालमा चलिरहेका बस गाडीको जस्तै डिजाइन रहेका छ भने बसमा प्रयोग हुने टायर काठमाडौंका जुनसुकै स्थानमा पाउन सकिनेछ ।

‘कम्पनीले पहिलो चरणमा ७ वटा बस काठमाडौंका सडकमा गुडाउने तयारी गरेको छ’ खबरहबसँगको कुराकानीमा उनले भने ‘२ वटा बस काठमाडौं आइसकेका छन् भने बाँकी ५ बसहरु केही दिनभित्रै आइपुग्छन्’ ।

कम्पनीले भदौ ११ गतेदेखि सडकमा गुडाउने तयारी थालेको छ । त्यसका लागि सरकारलाई चार्जिङ स्टेशन बनाउन पटकपटक आग्रह समेत गरिरहेको छ ।

यसअघि कम्पनीले नयाँ वर्षको सुरुवातसँगै विद्युतीय बस सडकमा गुडाउने भनेको थियो चार्जिङ स्टेशनकै अभावमा बस गुड्ने मिति सारिरहेको उनी बताउँछन् ।

‘हामीले तत्कालका लागि सुकेधारा र सितापाइलामा चार्जिङ स्टेशन राख्न अनुरोध गरेका छौँ’ थापाले भने ‘अब पनि स्टेशन तयार नभएको खण्डमा हामी ग्यारेजबाटै भएपनि चार्ज गरेर बस गुडाउनेछौँ’ ।

भाडाका लागि अनलाइन प्रणाली र कार्डको प्रयोग

सुन्दर यातायातले सञ्चालनमा ल्याउन लागेका यी बसहरुमा यात्रुले इ-सेवा, खल्ती, यूआर कोड, प्रभु पे, रिचार्ज कार्ड, आइएमई पे र मोवाइल गेट वे प्रयोग गरी मोवाइलबाटै भाडा तिर्न सकिन्छ ।

कार्डको प्रयोग गर्नका लागि पनि यो सुविधा ल्याइएको छ । बस सञ्चालनमा आएसँगै कम्पनीले ल्याएका ५ वटा सिस्टम लागू हुनेछन् । जसअन्तर्गत साधरण, विद्यार्थी, जेष्ठ नागरिक, कम्पनी, अस्थायी र एकल कार्ड छन् ।

शुरुमा कार्ड लिँदा यात्रुले २ सय १५ रुपैयाँ तिर्नुपर्ने हुन्छ जसमा ५० रुपैयाँ बोनस समेत उपलब्ध हुनेछ । यी कार्डको अवधि २ वर्ष रहनेछ भने यात्रुले समय सकिएपछि नवीकरण गर्न सक्नेछन् । साथै यात्रुले नगद तिरेको खण्डमा बोनस सेवा उपभोग गर्न पाउने छैनन् ।

त्यस्तै अस्थायी कार्डको पनि सुविधा रहनेछ । अस्थायी कार्ड लिँदा ५० रुपैयाँ लाग्ने बताउँदै सञ्चालक दिनेश डीसीले भने ‘यो कार्डको अवधि भने ३ दिनको हुनेछ।’

डीसीका अनुसार ३ दिनको अवधिमा ५० रुपैयाँको यात्रा नगरेको खण्डमा सुपरमार्केटमा गइ विभिन्न सामान खरिद गर्न पाइने छ ।

२५ प्रतिशतसम्म भाडादर घट्ने

डिजेलबाट चल्ने गाडीभन्दा विद्युतीय बसको भाडा कम गर्ने कम्पनीको तयारी छ । अहिले चलेको भाडा भन्दा २० देखि २५ प्रतिशतसम्म सस्तो गराउन पहल भइरहेको कम्पनीको दाबी छ । सञ्चालक थापाका अनुसार सरकारले विद्युतीय बसको मुल्य निर्धारण नगरेकाले भाडा यत्ति नै हो भन्ने निश्चित हुन सकेको छैन ।

विद्युतीय बसका विशेषताहरु

सुन्दर यातायातले ल्याएका यी बसहरु ‘युरो ७’ मापदण्डका छन् । १० दशमलव ५ मिटर लामा यी बसहरु ४० सीटे क्षमताका छन् । यी बसमा ३० जना यात्रुले उभिएर यात्रा गर्न सक्नेछन् । बसमा ४ वटा एसी छन् ।

बसमा अपाङ्गता व्यक्तिहरुका लागि ४ वटा सीट छुट्याइएको छ भने ती सीटमा फरक रंग लगाइएको छ । पछाडी बस्ने यात्रुलाइ लक्षित गरी बसमा पछाडी सिट प्लानिङ गरिएको छ जसकारण अगाडी होचो र पछाडी अग्लो बनाइएको छ । जसका कारण पछाडी बस्ने यात्रुले सहजै रुपमा अगाडीको दृश्य देख्न सक्छन् ।

विद्युतीय बसका रुट

सुन्दर विद्युतीय बस काठमाडौंका ५ रुटमा गुड्नेछन् । पहिलो रुटमा बसहरु चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल-मेडिसिटी अस्पताल पुग्नेछन् ।

साथै तेस्रो रुटमा गोगंवु-सामाखुसी-गौशला-कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् ।

चौथो रुटअन्र्तगत सुन्दर बसहरु ढुंगेअड्डा-कलंकी-त्रिपुरेश्वर-वीर अस्पताल-जमल-कृष्णपाउरोटी-रातोपुल-गौशला-चावहिल-बौद्ध-जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम अर्थात् अन्तिम रुट रहेको छ-सूर्यविनायक-कोटेश्वर-बानेश्वर-वीरअस्पताल र जमल रहेको छ ।

थप ११ बस ल्याइने

थापाका अनुसार कम्पनीले दोस्रो चरण अन्तर्गत ११ बसहरु खरिद गर्नेछ ।

‘काठमाडौंमा सञ्चालन भएसँगै हामीले ती बसहरु खरिद गर्ने छौँ’ उनले भने ‘जसमध्ये ४ वटा बसहरु प्रदेश नम्बर ५ मा जान्छन् भने बाँकी ६ बसहरु काठमाडौंमा गुड्नेछन्’।

त्यस्तै तेस्रो चरणमा प्रदेश नम्बर १ मा सञ्चालन गर्न १० वटा बस खरिद गर्नेछ । दुइ महिनामा चार्जिङ स्टेशन बनाउन प्रदेश सरकारले चासो देखाएको खण्डमा दुई महिनाभित्र आइपुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : १५ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले