बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा | Khabarhub Khabarhub

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीका १० मध्ये ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । यस्तै, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिका पनि बाढीको उच्च जोखिममा छन् ।

जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८१ का अनुसार बैतडीका चार स्थानीय तहमा पहिरोको जोखिम मध्यम छ भने पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा पहिरोको जोखिम सामान्य छ । पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

यो वर्ष १० हजार घरपरिवार दैवी विपत्तिबाट प्रभावित हुने अनुमान गरिएको छ । विपदबाट सृजना हुने भौतिक र मानवीय क्षति कम गरी उत्थानशील कार्यलाई सुदृढीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : १५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन २३ गते शुक्रबार। साउन

आज २०८२ साल साउन २३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २३ गते शुक्रबार। साउन

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली