उच्च अदालत तुलसीपुरमा एक हजार ८५ मुद्दा फछर्यौट | Khabarhub Khabarhub

उच्च अदालत तुलसीपुरमा एक हजार ८५ मुद्दा फछर्यौट


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

दाङ– उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्ष २०८०-८१ मा अदालतमा परेका मुद्दामध्ये एक हजार ८५ थान मुद्दा फछर्यौट गरेको छ ।

उच्च  अदालत तुलसीपुरका रजिष्ट्रार खड्कराज अधिकारीका अनुसार गत आर्थिक वर्ष अदालतमा दर्ता भएका नौ सय ८० थान र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका पाँच सय १९ गरी जम्मा एक हजार  चार सय ९९ थान मुद्दामध्ये एक हजार ८५ थान मुद्दा फछर्यौट भई अब चार सय १४ थान मात्र मुद्दा विचाराधीन रहेका छन् । 

अदालतले  गत आर्थिक वर्ष ७२ दशमलव ३८ प्रतिशत  मुद्दा फछर्यौट गरी पाँच वर्ष अवधिमा सबैभन्दा बढी कार्यसम्पादन गरेको जनाएको छ ।

यसैगरी, आव २०७९-८० मा उच्च अदालत तुलसीपुरमा जिम्मेवारी सरी आएका तीन सय ८९ र नयाँ दर्ता भएका ६ सय ६३ गरी कूल एक हजार ५२ थान मुद्दामध्ये पाँच सय ३३ थान अर्थात् ५० दशमलव ६७ प्रतिशत मुद्दा फछर्यौट भएको बताइएको छ । 

त्यस्तै, आव २०७८-७९ मा ६ सय चार, २०७६-७७ मा चार सय आठ र आव २०७७-७८ मा पाँच सय २० थान मुद्दा फछर्यौट गरेको अदालतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले यसरी सम्बद्ध सबै पक्षको सहयोगमा गत पाँच वर्षयताकै सबैभन्दा बढी मुद्दा फछुर्यौट गर्न अदालत सफल भएको जानकारी दिए । मुख्यन्यायाधीश पाण्डेले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार मुद्दा व्यवस्थापन पद्धतिअनुसार मुद्दालाई सरल, सामान्य र विशेष मार्गगरी तीन प्रकारले विभाजन गरी सरल मार्गका ६ महिना, सामान्यका एक वर्ष र विशेष मार्गका मुद्दा १८ महिनाभित्र फछ्र्यौट गरी सक्नुपर्ने व्यवस्था भएअनुसार कार्यसम्पादन गरेको जानकारी दिए

 । 

अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झरेको बताउँदै उहाँले हाल विचाराधीन अवस्थामा रहेका  दुई वर्षसम्मको मुद्दा एउटामात्र रहेको जानकारी दिए ।

त्यस्तै, एक वर्षदेखि १८ महिनाभित्रका मुद्दाको सङ्ख्या आठ थान, ६ महिनादेखि एक वर्षसम्मको मुद्दाको सङ्ख्या ५१ र ६ महिनाभित्रका मुद्दाको सङ्ख्या तीन सय ५४ थान रहेका छन् ।

नागरिकलाई छिटोछरितो र सहज ढंगले न्याय सम्पादन गर्न सकियोस् भनी अदालतले नागरिक सहायता कक्षको व्यवस्था गरी निःशुल्क रुपमा निवेदन लेखिदिने र अदालतको कामकाजलाई  प्रविधिमैत्री बनाई प्रभावकारी सेवा दिने काम भइरहेको  मुख्य न्यायाधीश पाण्डेले बताए।

उनले असहाय, आर्थिक रुपमा विपन्न बालबालिका, महिला, वृद्धवृद्धालगायत मुद्दामा वैतनिक कानुन व्यवसायी, अनलाइन तारिख, निःशुल्क कानूनी सहायता, अनलाइनबाट कारागारका कैदीहरूलाई सुनुवाइको सुविधा व्यवस्था गरिएको जानकारी दिए। 

त्यस्तै, न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि  न्यायाधीशसँग भेटघाट कार्यक्रमअन्तर्गत स्थानीय जिल्लाका विभिन्न क्याम्पसमा  विद्यार्थीहरूसँग न्यायिक संवाद  कार्यक्रम समेत सञ्चालन गरेको मुख्य न्यायाधीश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १ : १४ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल