किङ्स कप राष्ट्रिय भलिबलमा आयोजक र गण्डकीको लगातार दोस्रो जित « Khabarhub

किङ्स कप राष्ट्रिय भलिबलमा आयोजक र गण्डकीको लगातार दोस्रो जित


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा र गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेका छन् भने नेपाल पुलिस क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न तीन खेलमा आयोजक किङ्स क्लबले त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबले कोशी प्रदेश र गण्डकी प्रदेशले एपीएफ क्लबलाई पराजित गरेका हुन् ।

दिनको पहिलो खेलमा आयोजक किङ्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । आयोजक टोलीले आर्मीलाई ३५–३३, २५–२१ र २८–२६ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै आयोजक टोली लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो । पुलिसले कोशीलाई २५–२०, २५–१८ र २५–१८ को सेटमा हराएको हो । यसअघि पहिलो खेलमा एपीएफसँग पुलिस ३–२ को सेटमा पराजित भएको थियो ।

अन्तिम खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । गण्डकीले पहिलो र दोस्रो सेट क्रमशः २५–१५ र २५–२१ ले जितेको थियो । तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले चौथो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै लगातार दोस्रो जित निकालेको हो ।

प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । लिगकम नकआउट प्रणालीमा भइरहेको प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र गण्डकी प्रदेश गरी छ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा भोलि एपीएफ र कोशी प्रदेश, नेपाल पुलिस र त्रिभुवन आर्मी तथा गण्डकी प्रदेश र आयोजक किङ्स क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ९ : २५ बजे

मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

रूपन्देही – रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३

किङ्स कप राष्ट्रिय भलिबलमा आयोजक र गण्डकीको लगातार दोस्रो जित

कास्की – पोखरामा जारी ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

कास्की – पोखराको परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली र स्थानीय

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

वासिङ्टन – अमेरिकामा अक्टोबर महिनामा मुद्रास्फीति दर बढेर केन्द्रीय बैंक