ओलीका सल्लाहकारमा पुरानै अनुहार- रिमाल र बज्राचार्य दोहोरिँदा खतिवडालाई नयाँ भूमिका « Khabarhub

ओलीका सल्लाहकारमा पुरानै अनुहार- रिमाल र बज्राचार्य दोहोरिँदा खतिवडालाई नयाँ भूमिका


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई आफ्नो किचेन क्याबिनेटमा दोहोर्‍याएका छन् ।

यही असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका ओलीले नेकपा एमालेका उप-महासचिव विष्णु रिमाललाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट रिमाललाई प्रधानमन्त्रीओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको एकजना मन्त्रीले बताएका छन् ।

रिमाल यसअघि पनि ओलीका प्रमुख राजनीतिक सल्लाहकारको भूमिका थिए । उनी एमालेमा प्राविधिक ज्ञान भएका नेता मानिन्छन् । एमालेमा पनि उनी ओलीको सचिवालय सम्हाल्दै आएका नेता हुन् ।

त्यस्तै ओलीले आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री तथा अमेरिकाका लागि पूर्वराजदूत डा. युवराज खतिवडालाई ल्याएका छन् ।

खतिवडा २०७४ सालमा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्रीको भूमिकामा थिए। त्यसपछि उनलाई ओलीले अमेरिकाका लागि राजदूत बनाएका थिए ।

खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । एमालेमा खतिवडा धेरै राजनीतिक लाभका पदमा पुग्नेमध्ये एक हुन् ।

ओलीले यसअघि नै राजेश बज्राचार्यलाई प्रमुख स्वकीय सचिव बनाइसकेका छन् । बज्राचार्य ओलीका भित्रियामध्ये एक हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरकेा ओलीको स्वास्थ्यको ख्याल गर्ने कामसमेत बज्राचार्यले गर्छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : ०३ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि