ओली, प्रचण्ड र देउवालाई ‘मारिदिन्छु’ भन्दै धम्की दिने व्यक्ति पक्राउ « Khabarhub

ओली, प्रचण्ड र देउवालाई ‘मारिदिन्छु’ भन्दै धम्की दिने व्यक्ति पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबूकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘मारिदिन्छु’ भनेर धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सिमरा घर भएका २८ वर्षीय सागर मैनाली छन् । वैदेशिक रोजगारीमा रहेका मैनाली केही दिन अगाडि मात्रै स्वदेश फर्किएका थिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई जोडेर मैनालीले शीर्ष नेता र प्रहरी कर्मचारीविरुद्ध फेसबूकमा अपमानजन्य शब्दका स्टाटस र भिडियोहरु राखेका थिए ।

महानगरीय अपराध महाशाखाको टोलीले मैनालीलाई पक्राउ गरेको हो । पक्राउ परेका मैनालीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ४ : ५१ बजे

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको