औपचारिक कार्यक्रममै मेयर राणा ‘हाफ पाइन्ट’मा पुगेपछि... | Khabarhub Khabarhub

औपचारिक कार्यक्रममै मेयर राणा ‘हाफ पाइन्ट’मा पुगेपछि…


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– सामाजिक सञ्जालमा एक जनप्रतिनिधिको तस्वीर अहिले भाइरल बनेको छ । उनको तस्वीरका विषयमा विभिन्न आलोचनात्मक टिका टिप्पणी भइरहेका छन् ।

उनको आलोचना हुनुको पछाडि एउटै कारण हो, उनी औपचारिक कार्यक्रममा हाफ पाइन्टमै उपस्थित भए । उनी हुन्–नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सुरेश कुमार कनोडियालाई पराजित गर्दै निर्वाचित भएका थिए । राणा राप्रपाका महामन्त्री पनि हुन् । त्यसो त बाँकेमा उनले विकासवादी नेताको परिचय समेत बनाएका छन् ।

केही दिन अघि भएको नेपाल उद्यमी संघ बाँकेको १६औं साधारणसभाको उद्घाटन गर्न अतिथि भएर पुगेका थिए– हाफ पाइन्टमा । १८ साउनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको नगरस्तरीय समिति गठनमा पनि उनले हाफ पाइन्ट लगाएरै आथित्यता ग्रहण गरे ।

जतिसुकै राम्रो काम गरे पनि औपचारिक कार्यक्रममा उपस्थित हुँदा औपचारिक पोसाक लगाउनुपर्छ भन्ने कुरा जनप्रतिनिधिलाई आयोजकले सिकाइरहनुपर्ने विषय भने होइन । उनी भने हाफ पाइन्टमै कार्यक्रममा उपस्थित भए ।

पछाडि व्यानरमा टागिएको छ– महिला उद्यमी संघ नेपाल । अगाडि सोफामा अन्य अतिथिको बीचमा आफ पाइन्टमै मेयर राणा बिराजमान छन् ।

तस्वीर हेर्दा उनी केही असहज महशुस गरिरहेको देखिन्छन् । एउटा कार्यक्रममा मात्र नभएर दुई दुई वटा कार्यक्रममा उनी उही ड्रेसअपमै कार्यक्रममा उपस्थित भएको पाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ५ : १४ बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै 

काठमाडौं– परिवारसँग सम्बन्धित विषयका बारेमा जागरुकता बढाउन र परिवारहरूलाई असर

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर

काठमाडौं – अस्ट्रेलियाका ब्याटर ज्याक फ्रेजर म्याक गुरुकले आईपीएलका बाँकी

स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल

काठमाडौं – स्पेनिस ला लिगाको बुधबार राति भएको खेलमा रियल