देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा « Khabarhub

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

चितवन– विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरमार्फत शवदाह गृह निर्माण भइरहेको छ । कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माणस्थल छनोटमा ध्यान नपुगेको र काम अत्यन्तै ढिलो हुँदा समस्या भइरहेको बताए । उनले सुरक्षाको काम गर्न नपाएको बताए ।

उनले बाढीबाट जोगाउन थप सुरक्षा संरचनाको काम गर्न आवश्यक देखिएकाले नारायणी नदी व्यवस्थापन आयोजनालाई पत्राचार गरी तटबन्ध गरिदिन आग्रह गरिएको जानकारी दिए ।

बाढीले गृहको भूइँतलामा एक दशमलव पाँच फिटसम्म पानी भरिएको र सोही तलामा शव जलाउने उपकरण राखिने भएकाले पानी पस्नबाट रोक्नुपर्ने जरुरी भएको थापाको भनाइ छ।

विसं २०७५ माघदेखि निर्माण सुरु भएको शवदाह गृह अझै सम्पन्न हुन सकेको छैन । विसं २०७७ साउनमा सम्पन्न गर्ने गरी मिलिनियम सिद्धगढी जेभि काठमाडौँसँग सम्झौता गरिएकामा हालसम्म ४५ प्रतिशत काम मात्रै भएको छ । शवदाह गृह ११ करोड २१ लाख आठ हजार रुपैयाँमा ठेक्का लगाइएको थियो । चार पटक मिति थप गरेर ताकेता गर्दासमेत गर्दा काम द्रुतगतिमा अगाडि नबढ्दा समस्या भएको कार्यालय प्रमुख थापाको भनाइ छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले केही दिन अघि आएको बाढीले गृहको सुरक्षाका लागि बनाइएको बाँध ढल्ने अवस्थामा रहेकाले तत्काल सुरक्षाको काम गर्नुपर्ने बताए । देवघाटमा हाल दैनिक आठदेखि १० वटा शव ल्याइने गरेको र हिउँदमा यो सङ्ख्या बढी हुने गरेको बरालले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  २ : ३४ बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका