बाध्यताले कांग्रेस-एमाले सरकार बनाउनु परेको हो : मन्त्री पाण्डे « Khabarhub

बाध्यताले कांग्रेस-एमाले सरकार बनाउनु परेको हो : मन्त्री पाण्डे


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफू निष्ठाको राजनीतिबाट कहिल्यै नझुक्ने बताएका छन् ।

शनिबार नेपाली काँग्रेस बाजुरा काठमाडौँ सम्पर्क समितिका सभापति अधिवक्ता सूर्य बहादुर शाहको अध्यक्षतामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले साे कुरा बताएका हुन् ।

तीन पटकसम्मको संसदीय यात्रामा रहेका पाण्डे पहिलो पटक मन्त्री बनेसँगै काँग्रेस बाजुरा सम्पर्क समितिले सम्मान गरेको हो ।  कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बाजुरा जिल्लाका मतदाता, शुभेच्छुक तथा शुभचिन्तक प्रति कृतज्ञता प्रकट गरे । 

उनले भने, जिल्लाका सबै मतदाता प्रति कृतज्ञ छु । अहिले जे प्राप्त गरेको छु, कार्यकर्ता, पार्टी र नेताहरूको विश्वासका कारण भएको हो । निष्ठाको राजनीतिबाट कहिल्यै झुक्न दिन्न । उनले शुभेच्छुकहरूबाट विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने शुभेच्छा पाइरहेको बताए । 

मन्त्री पाण्डेले मन्त्री, प्रधानमन्त्रीहरू गतिहीन हुन नहुनेमा जोड दिए । फरक प्रसङ्गमा  बोल्दै मन्त्री पाण्डेले काँग्रेस र एमाले मिलेर सरकार बनाउनु रहर नभएर बाध्यता भएको दाबी गरे । 

उनले अघिल्लो सरकारले ल्याएको बजेट प्रति असन्तुष्टि हुँदा हुँदै पनि कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। मन्त्री पाण्डेलाई काँग्रेस नेता कार्यकर्ताहरूले जिल्ला र मुलुकको शिर ठाडो पार्ने गरी काम गर्न समेत अनुरोध गरेका थिए । 

साथै जिल्लाका सम्भावित पर्यटन क्षेत्रको विकासका लागि विशेष पहल गर्न समेत आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला सभापति, पूर्व सभापतिहरू, संविधानसभा सदस्यका साथै पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : ५७ बजे

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली– लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंगलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको

अण्डाको मूल्य घट्यो

चितवन– क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक