प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै « Khabarhub

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् ।

उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।

प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाका ७, जनमत पार्टीका ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले मत दिने जनाइसकेका छन् ।

यता, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : १२ बजे

प्लेअफ पुग्दा उत्साहित छौँः कप्तान पौडेल

काठमाडौं – राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित

सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ?

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज सरकारी निवास बालुवाटारमा सर्वदलीय छलफल

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने