उदयपुरको त्रियुगामा भाइरल ज्वरोका बिरामी बढे « Khabarhub

उदयपुरको त्रियुगामा भाइरल ज्वरोका बिरामी बढे


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।

अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् ।

पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले जानकारी दिए ।

त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट, पुरानो गाइघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक रुपमा भाइरलको प्रकोप फैलिदै गएको छ । प्रत्येक घरमा एक–दुई देखि सम्पूर्ण परिवारहरुसमेत भाइरल ज्वरोबाट प्रभावित भइरहेका छन् ।

त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ०७ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट