बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा « Khabarhub

बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुवैजना मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका हुन् ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । तर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे सुझावअनुसार उनले राजीनामा दिएका हुन् ।

उनले प्रदेश सभाबाट आफ्ना कामका रेकर्ड गराउन बैठक माग गरेको बताए । तर अब नयाँ सरकार बनाउन कांग्रेस र एमालेको बहुमत रहेकाले मार्ग प्रशस्तका लागि राजीनामा दिएको जम्कट्टेले बताए ।

गत असार २४ गते २४ नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा थिए । उनी २०७९ पुस २५ गते एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्वमा पुगेका थिए ।

यसअघि उनले २०७९  चैत १० गते मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएका थिए ।

२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेपछि एमाले सरकारमा गयो । त्यसपछि एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी मिलेर सरकार बनाए ।

उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आइतबार नै पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नमिल्ने भएपछि उनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिए ।

महराकोले राजीनामा दिएपछि कांग्रेस–एमाले सरकार बन्दैछ । अब त्यहाँ एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बन्दैछन् । यसअघि पनि उनी करिब ३ महिना मुख्यमन्त्री भएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : २८ बजे

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै सरकारले कपास खेतीमा जोड दिने

काठमाडौं- हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास

बजारबाट जनताको याचना : सरकार ग्यास देऊ !

चितवन– भरतपुरका विजय कमली ग्यास नपाएर भौँतारिएको तीन दिन भइसक्यो

अहिले नेपाली कांग्रेसको आधिकारिकता जहाँ छ, त्यहाँ शरीर मात्रै छ, आत्मा छैन : डा महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले अहिले वैधानिकता प्राप्त

डिमान्डेन्ड सुपरस्टार नायकहरूको गतिविधि : अनमोल र पल सुटिङमा, प्रदीपको घोषणा मात्रै

काठमाडौं – नेपाली फिल्मका तीन डिमान्डेड तीन स्टार नायकहरूको व्यस्तता

प्राइम कमर्सियल बैंकको नाफामा २८ प्रतिशतको वृद्धि, ४ अर्ब ११ करोड खुद मुनाफा आर्जन

काठमाडौं– प्राइम कमर्सियल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक