लिङ्देन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छु, साना दललाई निषेध नगरियोस् | Khabarhub Khabarhub

लिङ्देन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छु, साना दललाई निषेध नगरियोस्


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

गणितले होइन चरित्रले देशलाई असर गर्‍यो : राजेन्द्र लिङदेन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणितको कुराले भन्दा दलका चरित्रका कारण देशलाई असर गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै उनले ठूला दलका चरित्रका कारण देश अस्थिरतातर्फ गएको बताए ।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दल ओली प्रधानमन्त्री बन्दा सबैभन्दा धेरै खुसी भएको बताए ।

उनले २०७९ को निर्वाचनमा आफ्नो दल र एमाले मिलेर केही स्थानमा चुनाव लडेको स्मरण गराउँदै ओली प्रधानमन्त्री बन्दा आफू खुसी रहेको बताए ।

उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गराउँदै भविष्यमा आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने बताए ।

कांग्रेस र एमाले मिलेर बनेको यो सत्ता समीकरण अन्तिम रहेको बताउँदै उनले सबै दलबीच नवीन समझदारी हुन जरुरी रहेको बताए ।

संविधानका केही प्रावधान संशोधन गर्न जरुरी रहेको तर, समानूपातिक निर्वाचन प्रणाली र बहुदलीय व्यवस्थालाई परिवर्तन गर्न खोजिए राप्रपा सशक्त प्रतिवादमा उत्रिने उनले बताए ।

यसअघि दुईतिहाइको सरकार हुँदा पनि ५ वर्ष नचलेको उदाहरण दिँदै लिङ्देनले गणितले मात्रै स्थिरता नआउने बताए ।

त्यस्तै, कांग्रेस–एमालेले दुई दलीय व्यवस्था जसका लागि समानुपातिक निर्वाचन प्रणाली संशोधन गर्ने हल्ला रहेको भन्दै लिङ्देनले साना दललाई निषेध गरेर कस्तो देश बनाउने भनेर प्रश्न गरे ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : २१ बजे

महिला विश्वकप फाइनल : आज भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं – महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र

प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग

भोजपुरको देउराली उद्यान आकर्षकस्थल

भोजपुर– देउरालीमा निर्माण गरिएको उद्यान (पार्क) अहिले जिल्लामा आउने आगन्तुकका

बर्नलीविरुद्ध शानदार जित निकाल्दै आर्सनल शीर्ष स्थानमा कायम

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनलले

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब रुपैयाँ जम्मा

काठमाडौं– सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड