भुटानी नरेश र भारतीय विदेशसचिवबीच भेटवार्ता « Khabarhub

भुटानी नरेश र भारतीय विदेशसचिवबीच भेटवार्ता


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुटानी नरेश जिग्मे खेसर नामग्याल वाङ्चुकले भारतीय विदेशसचिव विक्रम मिस्रीसँग भेटवार्ता गरेका छन् । दुई दिने भुटान भ्रमणमा रहेका विदेशसचिव मिस्रीले भुटानी नरेशसँग राजधानी थिम्पुमा भेटवार्ता गरेका हुन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै भुटानी नरेश वाङ्चुकले भुटान भ्रमणका क्रममा विदेशसचिव मिस्रीले भुटानी प्रधानमन्त्री छिरिङ टोग्बे र अन्य सरकारी अधिकारीसँग पनि भेटवार्ता गरेको जानकारी दिएका छन् ।

गत जुलाई १५ मा भारतको विदेशसचिवमा नियुक्त भएका मिस्री आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भुटान पुगेका हुन् । भुटान भ्रमणका क्रममा उनले भुटानी विदेशसचिव पेमा छोदेनसँग भारत–भुटान सहकार्य वार्ताको सहअध्यक्षता गरेको वाङचुकले जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ७ : ११ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको