सुरेश वाग्ले मेमोरियल अस्ताल निर्माणमा भएको ढिलाइप्रति संसदीय समितिको चासो | Khabarhub Khabarhub

सुरेश वाग्ले मेमोरियल अस्ताल निर्माणमा भएको ढिलाइप्रति संसदीय समितिको चासो


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालका बारेमा सरोकारवाला मन्त्रीहरुसँग छलफल गर्ने भएको छ ।

त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल लामो समयदेखि सञ्चालनमा नआएकाले समितिले त्यसबारेमा छलफल गर्न लागेको हो ।

संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले उक्त अस्पतालको अवस्थाबारे शिक्षा, स्वास्थ्य र सहरी विकास मन्त्रालयसँग छलफल गर्ने भएको हो ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा सदस्यहरुले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको बहुवर्षीय परियोजना अन्र्तगत सन् २०११ मा ३ बर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको अस्पताल अहिलेसम्म नबन्नु सरकारी गैरजिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धित मन्त्रीलाई बोलाई कडा निर्देशन दिन सभापतिको ध्यानाकर्षण गराएका थिए ।

समिति सदस्य अञ्जना विशंखेले लामो समय भईसक्दा पनि निर्माण नभएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयलाई छलफलका लागि समितिमा बोलाउनुपर्ने धारणा राखिन् ।

त्यसैगरी समितिका अर्का सदस्य जीवनराम श्रेष्ठले सरकारकै आयोजनाका बारेमा सरकारी निकायले नै खोजी नगर्नु गैरजिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धित निकायलाई कडा कारवाहीको निर्देशन गर्नुपर्ने तर्क राखे ।

त्यसैगरी समिति सदस्यहरु खगराज अधिकारी, उमाकान्त चौधरी, उमेश श्रेष्ठ लगायतले पनि अस्पताल निर्माणका बारेमा सम्बन्धीत मन्त्रालयले गरेको लापरवाहीबारे मन्त्रीलाई बोलाई छलफल गर्नुको साथै कडा निर्देशन दिनुपर्नेमा सभापतिको ध्यानाकर्षण गराए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बहुबर्षीय परियोजना अन्र्तगत सन् २०११ डिसेम्बर १४ मा ३ बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवन निर्माणका लागि २ पटक भेरिएसन आदेश र तेस्रो पटक म्याद थप भईसकेको छ । पटक पटक थप भएको समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि अहिले भेरिएसन स्वीकृति र म्याद थपको प्रक्रिया नै अगाडि बढाईएको छैन ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ४१ बजे

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य

लिम्बुवानको दस्तावेज खोज्दा : जाँड दिए, कागज दिएनन्

काठमाडौं- पेशाले उनी नेपाल सरकारका हाकिम । तोकादेश, टिप्पणी, फाइलका