दैनिक ९७ सडक दुर्घटना : औसतमा सात जनाको मृत्यु, ८८ घाइते « Khabarhub

दैनिक ९७ सडक दुर्घटना : औसतमा सात जनाको मृत्यु, ८८ घाइते


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत वर्ष मात्रै ३५ हजार चार सय चार वटा सवारी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना साधारण घाइते भएका छन् । सवारी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।

सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गतवर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल/स्कुटर, छ हजार आठ सय ३७ कार/जिप, दुई हजार एक सय ९३ बस, एक हजार पाँच सय २० साइकल/रिक्सा, एक हजार चार सय ६८ ट्रक/ट्याङ्कर, एक हजार चार सय ७४ टेम्पो/म्याजिक, सात सय ८३ ट्रयाक्टर र चार सय माइक्रोबस दुर्घटना भएका थिए ।

एक अर्ब ७५ करोड ट्राफिक राजस्व

ट्राफिक प्रहरीले गत वर्ष २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा रु एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व सङ्कलन गरेको छ । गत वर्ष २४ लाख वटा ट्राफिक कारबाहीमा रु एक अर्ब ८८ करोड राजस्व सङ्कलन भएको थियो ।

सत्र सय प्रहरीमाथि कारबाही

प्रहरीले सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने सबैभन्दा बढी प्रहरी जवान छन् ।

गतवर्ष तीन प्रहरी वरिष्ठ उपरीक्षक, एक प्रहरी उपरीक्षक, ११ प्रहरी नायब उपरीक्षक, २६ प्रहरी निरीक्षक, १६ प्रहरी वरिष्ठ नायब निरीक्षक, ४८ प्रहरी नायब निरीक्षक, एक सय १८ प्रहरी सहायक निरीक्षक, ६७ प्रहरी वरिष्ठ हवल्दार, दुई सय ८२ प्रहरी हवल्दार, तीन सय ३८ प्रहरी सहायक हवल्दार, सात सय ६४ प्रहरी जवान र २७ प्रहरी कार्यालय सहयोगीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।

गतवर्ष प्रहरी अतिरिक्त महानिरीक्षकसहित आठ हजार आठ सय ३४ जनालाई पुरस्कृत गरिएको छ । सो वर्ष १२ वरिष्ठ प्रहरी अधिकृत, दुई सय ३५ कनिष्ठ प्रहरी अधिकृत र पाँच सय ४५ अन्य दर्जा गरी कूल सात सय ९२ जनाले राजीनामा दिएका छन् भने विभिन्न तहका पाँच सय ४४ जना अनिवार्य अवकाशमा गएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : २४ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी