प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिइयोस् : सुन्दरमणि दीक्षित « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिइयोस् : सुन्दरमणि दीक्षित


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक अभियन्ता डाक्टर सुन्दरमणि दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे सर्वसाधरणलाई जानकारी नगराईएको भन्दै गुनासो गरेका हुन् ।

उनले उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीलाई डाक्टरले के भने र किन फेरी जाँदैछन् भन्ने जानकारी जनताले पाउनुपर्ने तर्क गरे । उनले भने ‘उहाँलाई केही भईदियो भने नेपालको अवस्था खराब हुन्छ । हामीले थाहा पनि नपाउने ?’

नागरिक अभियन्ता दीक्षितले उच्च प्रविधियुक्त वर्तमान अवस्थामा औषधिको मात्रा मिलाउनका लागि मात्रै प्रधानमन्त्री सिंगापुर जाने कुरालाई विश्वास गर्न नसकिने भन्दै उनले यथार्थ जानकारी गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

उनले भने, ‘हामीलाई जानकारी चाहियो । विज्ञप्ती चाहियो ‘एक्ज्याक्टली’ के भएको हो ? आम नागरिकको हक हो यो । उहाँको अगाडिको भविश्य के छ ? हामीले थाहा पाउनुपर्छ ।’

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डाक्टर राजन भट्टराईले प्रधानमन्त्री दैनिक भेटघाट र बैठकहरुमा सहभागी हुँदै आएकाले स्वास्थ्य अवस्थाबारे चिन्ता लिईहाल्नुपर्ने स्थिति नरहेको स्पष्ट पारे ।

केही दिन अघि मात्रै स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री फेरी स्वास्थ्य उपचारकै लागि सिंगापुर जान लागेपछि उनको स्वास्थ्य बारेमा सर्वत्र चासो बढेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ८ : १९ बजे

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको