१६ दिनपछि खुल्यो मध्यपहाडी लोकमार्ग « Khabarhub

१६ दिनपछि खुल्यो मध्यपहाडी लोकमार्ग


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बाढीले क्षति पुर्‍याउँदा गत साउन २० गतेदेखि जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग मंगलबार दिउँसोबाट खुलेको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा १६ दिनदेखि लोकमार्ग ठप्प थियो । अस्थायी मार्ग खोलेपछि लोकमार्ग नियमित पुनःसञ्चालन भएको आयोजना व्यवस्थापनले जनाएको छ ।

“सानाठूला सबै सवारीसाधन आउजाउ गर्न थालेका छन्”, लोकमार्गका इञ्जिनीयर अर्जुन गौतमले भने । एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन भने शुक्रबारदेखि नै एकतर्फीरूपमा चल्न थालेका थिए । तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २ सय मिटर लोकमार्ग बगाएपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको थियो । ‘ब्रेकर’ लगाएर पहरा काट्नुपर्ने भएकाले मार्ग खोल्न समय लागेको हो ।

लोकमार्ग हुँदै छोटो तथा लामो दूरीमा छुट्ने सवारीसाधन पूर्ववत् अवस्थामा चल्न थालेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए । दुई सातासम्म लोकमार्ग नखुल्दा सदरमुकामदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको थियो ।

पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चल्न सकेका थिएनन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फ पनि यातायात सेवा रोकिएको थियो । लोकमार्ग खुलेसँगै अवरुद्ध भएको ठाउँमा पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । ठप्पै बनेको खाद्यान्न र निर्माण सामग्रीको ढुवानी पनि पुनःसञ्चालन भएको छ । लोकमार्ग खुल्न थप ढिलो भए दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था थियो ।

आयोजना व्यवस्थापनले पनि भदौ ५ गतेभित्र लोकमार्ग खोल्ने लक्ष्य लिएको थियो । तत्काललाई अस्थायी मार्ग खोले पनि पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन भने समय लाग्ने देखिन्छ ।

“नाम, निशानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर गौतमले भने । गत वर्ष पनि त्यही ठाउँमा गएको पहिरोले लामो समयसम्म लोकमार्ग अवरुद्ध पारेको थियो । सोही पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमि क्षेत्रफलमा कृतिम ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १० : ४५ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर