आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली « Khabarhub

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व र देशको अवस्था परिवर्तनका लागि कांग्रेस–एमाले गठबन्धन सरकार आवश्यक परेको बताएका छन् ।

नेता ज्ञवालीले पटकपटक सरकार परिवर्तनले देशमा अस्थिरता उत्पन्न भएको भन्दै त्यसलाई जोगाउन र मुलुकमा स्थिरता ल्याउनका लागि पनि ठूला दलहरू एक हुनुपरेको बताए ।

प्रेस चौतारी नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले देशका दुई ठूला दल दुई कित्तामा बाडिँदा अस्थिरताका शक्तिहरूले खेल्ने मौका पाउने र लोकतन्त्र खतरामा पर्ने जिकीर गरे।

लोकतन्त्र खतरामा पर्दा त्यसको अपजस कांग्रेस र एमालेको काँधमा आउने भएका कारण लोकतन्त्रको रक्षा गर्न दुई ठूला दलहरू महत्त्वपूर्ण भूमिका रहने उनले बताए ।

वर्तमान सरकार गठन भएसँगै देशले नयाँ कोर्ष लिन सुरु गरेको भन्दै नेता ज्ञवालीले आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने प्रतिबद्धता व्यक्त गरे ।

संविधान संशोधनका विषयमा प्रतिपक्षद्वारा उठाइएका कतिपय आरोप गलत र निराधार भएको भन्दै उनले यदि संशोधन गर्नुपर्ने भएमा त्यसलाई अध्ययन गरेर मात्र अघि बढ्न सकिने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १० : २५ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको