आज यी प्रदेशमा हुनेछ ठूलो वर्षा, सतर्क रहन आग्रह | Khabarhub Khabarhub

आज यी प्रदेशमा हुनेछ ठूलो वर्षा, सतर्क रहन आग्रह


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

अबको २४ घण्टामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ६ : १८ बजे

जेठ अन्त्यसम्ममा फ्लाईओभर सम्पन्न हुन्छ : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन

जबरजस्ती करणी गरेको आरोपमा ७० वर्षीय वृद्धसहित पाँच जनामा पक्राउ

काठमाडौं– उदयपुरबाट १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई शनिबार

मेक्सिकोमा न्यायाधीशको चुनावमा कुख्यात नाइकेका वकिल र लागूऔषध तस्कर पनि उम्मेदवार

काठमाडौं– ल्याटिन अमेरिकी मुलुक मेक्सिकोमा पूर्वलागूऔषध तस्कर र कुख्यात लागूऔषध

मा‌‌ओवादी र राजावादीविरुद्ध एकसाथ खनिए ओली, भने- जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ

ललितपुर- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

एमाले सचिवालय बैठक, बिन्दा र उषाको कारबाही फुकुवा हुन सक्ने

काठमाडौं– प्रमुख सत्तारुढ दल नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको