ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता | Khabarhub Khabarhub

ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा– यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्‍तिहरूलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । 

सबै वडामा गाउँपालिका, वडा र बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उनले बताए। 

‘बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,’ अध्यक्ष भट्टले भने, ‘सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपांगता भएका तथा ज्येष्ठ नागरिक बैंकसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ ।’

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैंकसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैकिंङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उनको भनाइ छ । टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछी लाभग्राही खुसी भएका छन् ।

भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ । हालै गाउँपालिका–४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ ।

‘बैंकसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,’ अध्यक्ष भट्टले भने ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : १६ बजे

महिला प्रदेशसभा सदस्यको गुनासो : महिला भएकै कारण विभेद

महेन्द्रनगर– मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरूले महिला भएकै कारण विभेद

विवादको भुंग्रोमा विवाह उमेर : आआफ्नै डम्फू , आआफ्नै ताल !

काठमाडौं – एक दशकयता सरकारले ‘बिहेवारी २० वर्ष पारी’ को

त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुखका लागि दुई जनाको मात्रै

केई एक्स–३ प्रो अब ९९ किलोवाटमा, सुरुवाती मूल्य कति ? 

काठमाडौं– केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले ९९

चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना

भैरहवा– जथाभाबी छाडा चौपाया छोड्ने चौपाया धनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना