बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट काभ्रेघाटतिर « Khabarhub

सिमलताल दुर्घटना

बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट काभ्रेघाटतिर


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा बस र यात्रुको खोजी अहिले पनि जारी छ ।

नेपाल र भारतको संयुक्त उद्धार टोलीले दुर्घटनास्थल सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा मंगलबार बिहान केही वस्तु भेटिएको संकेत पाएका थिए।

तर दिनभरको खोजीका क्रममा भारतको एनडीआरएफ र नेपालस्थित सशस्त्र प्रहरीको टोलीले उक्त बस्तु बस नभएको पुष्टि गरेका छन् । त्यसपछि अहिले खोजी पनि उक्त शंकास्पद बस्तु भएको केराघारीबाट काभ्रेघाटतिर सोझिएको छ ।

अहिले दुवै देशका उद्धार टोली केराघारीबाट अघि बढेर काभ्रेघाटतिर पुगेका हुन्। अहिले खोजी काभ्रेघाटतिर केन्द्रित गरिएको छ । तर ११ औँ दिन बित्दा पनि उपलब्धि हुन सकेको छैन ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूलीमा खसेका थिए ।

तर घटनाको ११ दिन बितिसक्दा पनि बस र अधिकांश यात्रु फेला पार्न सकिएको छैन । नेपाल र भारतका उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरूको अवस्था खुल्न नसकेको हो ।

दुर्घटनामा हराइरहेकामध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ । खोजीकार्यमा संलग्न टोलीले सिमलतालबाट घुमाउनेदेखि देवघाट र काभ्रेघाटसम्म आफूलाई केन्द्रित गरेको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ३३ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा