बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट काभ्रेघाटतिर « Khabarhub

सिमलताल दुर्घटना

बिहान शंकास्पद भनिएको वस्तु बस नभएको पुष्टि, खोजी केराघारीबाट काभ्रेघाटतिर


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा बस र यात्रुको खोजी अहिले पनि जारी छ ।

नेपाल र भारतको संयुक्त उद्धार टोलीले दुर्घटनास्थल सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा मंगलबार बिहान केही वस्तु भेटिएको संकेत पाएका थिए।

तर दिनभरको खोजीका क्रममा भारतको एनडीआरएफ र नेपालस्थित सशस्त्र प्रहरीको टोलीले उक्त बस्तु बस नभएको पुष्टि गरेका छन् । त्यसपछि अहिले खोजी पनि उक्त शंकास्पद बस्तु भएको केराघारीबाट काभ्रेघाटतिर सोझिएको छ ।

अहिले दुवै देशका उद्धार टोली केराघारीबाट अघि बढेर काभ्रेघाटतिर पुगेका हुन्। अहिले खोजी काभ्रेघाटतिर केन्द्रित गरिएको छ । तर ११ औँ दिन बित्दा पनि उपलब्धि हुन सकेको छैन ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूलीमा खसेका थिए ।

तर घटनाको ११ दिन बितिसक्दा पनि बस र अधिकांश यात्रु फेला पार्न सकिएको छैन । नेपाल र भारतका उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरूको अवस्था खुल्न नसकेको हो ।

दुर्घटनामा हराइरहेकामध्ये अहिलेसम्म २५ जनाको शव भेटिएको छ । खोजीकार्यमा संलग्न टोलीले सिमलतालबाट घुमाउनेदेखि देवघाट र काभ्रेघाटसम्म आफूलाई केन्द्रित गरेको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ३३ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा