प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत « Khabarhub

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसहमतिबाट स्वीकृत भएको हो ।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद माधव सापकोटा, मनिष झा, प्रतिमा गौतम, नागिना यादव, नारायणी शर्मा, ठाकुरप्रसाद गैरे, रणेन्द्र बराली, विमला सुवेदी, निशा डाँगीले भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सुरक्षित कारोबारसम्बन्धी ऐनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न आवश्यक भएकाले संशोधन प्रक्रिया अघि बढाइएको स्पष्ट पारे।

सभामुख घिमिरेले उक्त ऐनमाथि संशोधन दर्ता गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने जानकारी गराए।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ४७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच